सुर्खेत । पञ्चपुरी नगरपालिका वडा नं ७ डुब्रि खोला सुर्खेतमा पहिरोमा पुरिएर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्य हुनेमा अछाम तुर्माखाँद गाउँपालिका ६ रानिबनकी अन्दाजी ७५ वर्षीय अमृता जैशी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै सोही स्थानका अन्दाजी ७२ वर्षीय रती कामी घाईते भएको र उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको कार्यालयका डिएस्पी सुरज कार्कीले जानकारी दिए ।
रतीको टाउको, निधार र हातमा चोट लागेको र अछाम देखि कैलाली जाने क्रममा पहिरोमा परेको स्थानियले जानकारी दिएका छन् ।


फरकबाटो २१ असार २०७९, मंगलवार १५:३५