अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको चुनाव सार्ने काम हुनसक्छ : नेम्वाङ

काठमाण्डौ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको चुनाव सार्नका लागि ‘अर्ली इलेक्शन’ को कुरा उठाइएको बताएका छन् । आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले अर्ली इलेक्शनको कुरा उठाइएको छ । पहिला संसद् विघटन गरेर चुनावमा अलि चाँडो जनताबीचमा जानुपर्‍यो भन्दा त्यसलाई प्रतिगमन भन्ने साथीहरूले अहिले फेरि संसद् भङ्गल गरेर अर्ली इलेक्शन भनिरहेका छन् । कतै हेरेर कतै हिर्काउने भन्ने छ नि ! यसबाट पनि बुझ्नुस् कि उहाँहरूको सोझो हिँडाइ छैन । उहाँहरू स्थानीय तहको चुनाव भाँड्न लाग्ने, त्यसलाई पर पुर्‍याउने कुरामा लागेको जस्तो देखिन्छ । तर एउटा कुरा के हो भन्दा हामीले विशेष कारणवशमा जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी अडिग छौँ ।’

यसैबीच उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानुन र अभ्यासअनुसार अगाडि बढेर महत्त्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए । महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्‍याउनका लागि भूमिका खेल्न पनि त्यो समितिमा नाम दिएको नले उल्लेख गरे ।