सुर्खेतमा पाँचनाल भरुवा बन्दुक फेला

सुर्खेत । लेकवेशी नगरपालिका वडा नं ५ मा भरुवा बन्दुक फेला परेको छ । प्रहरी टोली ग्रामीण गस्ती जाने क्रममा सोही स्थानको चौफारी जंगलमा ओढारमा लुकाईछिपाई राखेको ५ नाल भरुवा बन्दुक फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।