कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय


सुर्खेत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बबरमहलमा रहेको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । तर सरकारमा जाने विषयमा भने लोसपाले कुनै निर्णय गरिसकेको छैन ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आगामी निर्वाचनसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ ।