विपद्को पुर्वतयारीमा लैगिंक दृष्टिकोणले संवेदनशिल हुनुपर्नेमा जोड

सुर्खेत । विपद्का पुर्वतयारीमा लैगिंक दृष्टिकोणले संवेदनशिल हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । मंगलबार कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को आयोजना तथा संयुक्त राष्ट्रसंघ महिला लगाएतका संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

शहरी विपद् तथा भुकम्पीय पुर्व तयारी परियोजना लैगिंक उत्तरदायी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यक्रममा बोल्दै माया सापकोटाले विपद्का समयमा जोखिममा रहने समुदाय र वर्गलाई विशेष प्राथमिकता दिनुपर्ने बताईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी प्रमुख मोहनमाया ढकालले विपद्बाट बच्नका लागि पुर्वतयारी आवश्यक भएको बताईन् । विपद्का समयमा एकातिर प्राकृतिक समस्याले सिमान्तकृत समुदायलाई असर गर्नुका साथै दुव्र्यवहार, हिंसा, बेचबिखन लगाएतका समस्या भोग्नुपर्ने उनले बताईन् ।

विपद्ले बालविवाह लगाएतका समस्याहरु समेत निम्त्याउने उनले सुनाईन् । विपद्मा लैगिंक संवेदनशिलतालाई बढी भन्दा बढी ध्यान दिनुपर्ने र त्यसका लागि पुर्व तयारीका कामहरु गर्न जरुरी भएको उनले सुनाईन् ।

कार्यक्रममा बोल्दै कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की अध्यक्ष अनिता थपलियाले विपद्का समयमा मात्रै भन्दापनि नीति तथा कानुन निर्माणका समयमा महिला लगाएत सिमान्तकृत समुदायको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिइन् । संविधानले अनिवार्य गरेको अवस्थामा मात्रै नभई अर्थपुर्ण सहभागीताका लागि सबैले ध्यान दिनुपर्ने उनले तर्क गरिन् ।

कार्यक्रममा विभिन्न संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो । विपद् , पुर्वतयारी, विपद् व्यवस्थापन लगाएतका विषयमा कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।