६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पर्छ् प्रतीतोला ?

सुर्खेत । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज भने ओरालो लागेको छ । बुत्रबार सुन तोलामा ६०० रुपैयाँले सस्तिएको छ । चाँदीको मूल्य भने यस दिन स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । अघिल्लो तीन दिनको कारोबार , सुनको मूल्य निरन्तर उकालो लागेको थियो ।

तीन दिनमा सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको थियो । सोहि क्रममा सुन मंगलबार तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कायम रहेको छ ।