
सुर्खेत । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।
१२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।

फरकबाटो २० माघ २०७९, शुक्रबार १३:१७