स्ववियु निर्वाचनः सुर्खेत बहुमुखी क्याम्पसमा सिजापतीको प्यानल विजयी

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको छ । सिजापतीले ९ सय ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिप्रधि हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका थिए । शाही गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । यसैगरी, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् । उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन विसीले ४ सय ७२ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा ललित राना निर्वाचित भएका छन् । उनले ७ सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गरे ।

यसैगरी सदस्यहरुमा भरत शाही, राधा रिजाल, गगन आले, जुद्द रोकाय, दिपेन्द्र शाही, महेन्द्र खड्का, निरा जैशी र अशोक बराल निर्वाचित भएका छन् ।
यस क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेविसंघले गठबन्धन गरेका थिए । टियु अन्तरगत रहेको यो क्याम्पसमा कर्णालीकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने गर्दछन ।