
जुम्ला । जुम्लामा भएको बस दुर्घटना परी मृत्यु भएका दुई जनाकै सनाखत भएको छ ।
दुर्घटनामा परेर बस चालक दैलेखको गुराँश गाउँपालिकाका नविन रावल र सहचालक कालिकोटका विशाल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार आज बिहान कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट सुर्खेत तर्फ जाँदै गरेको ना ६ क ४४३८ नम्बरको बस सिंजामा दर्घटना भएको थियो ।
उक्त बसमा सवार कनकासुन्दरी गाउँपालिका ७ का ४० वर्षीय युक्ति कार्की र ३३ वर्षीय विरबल घर्ती घाइते भएका छन् । घाइते दुवै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । बसमा चार जना मात्रै सवार थिए ।

नाैरते नेपाली १५ मंसिर २०७८, बुधबार १३:२०