
सुर्खेत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।
आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिएका हुन् । अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ ।

फरकबाटो १३ माघ २०७९, शुक्रबार २१:२९