सुर्खेत । ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । नेपालगञ्जबाट सुर्खेत तर्फ आउँदै गरेको बा. ५ च ३७७२ नं. को फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा भारतको बहराईज नानपरा घर भई हाल वीरेन्द्रनगर ३ गण्डकी लाईन बस्ने बर्ष २६ को लियाकत अली पक्राउ परेका हुन् ।

भेरीगंगा नगरपालिका स्थित चेकिङमा खटिएको टोलीले शकाका आधारमा खानतलासी नापतौल नगरेको अं. ३ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध सहित अलीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

फरकबाटो ३ कार्तिक २०७९, बिहीबार १८:३८