फागुन मसान्तसम्म कर तथा नवीकरण भुक्तानी गरेमा जरिबाना छुट हुने


सुर्खेत । यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ ।

आर्थिक वर्ष २०७०र७१ देखि आर्थिक वर्ष २०७५र७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिबाना छुट हुने कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौले सूचना निकालेर पहिलेका वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ।