सत्ता साझेदार दलबाट सोविता गौतम बन्लिन् त उप-सभामुख ?


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उप-सभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उप-सभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

‘उपभामुख आफ्नै पार्टीबाट बनाउने तयारी भएको रास्वपाका एक नेताले जानकारी दिए । कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनेुपर्ने मत बलियो हुँदै आएको हो । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।