सुर्खेतमा भरुवा बन्दुकसहित एकजना पक्राउ


सुर्खेत । सुर्खेतमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका २ का २२ वर्षीय गगन थापालाई भरुवा बन्दुक बोकिरहेको अवस्थामा प्रहरी चौकी सालकोटको टोलीले पक्राउ गरेको हो ।

थापालाई बन्दुकसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।