वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

काठमाण्डौ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लागेका छन् । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो ।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आएका थिए । गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बताएका छन् ।

६९ सदस्यीय केन्द्रीय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रियामा पनि अघि बढ्ने तयारी भएको छ ।