धामीहरुबाट महिलामाथि भएको दुर्व्यवहारप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

सुर्खेत । धामी–पुजारीहरुले महिलामाथि गरेको दुर्व्यवहारप्रति अधिकारकर्मीहरुले गम्भिर ध्यानाकर्षण जनाएका छन् ।

उपचार गराउने नाममा सुर्खेतकी एक महिलालाई धामी–पुजारीले दुव्र्यवहार गरेका थिए । महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भए पछि प्रहरीले तीन जना धामी–पुजारीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

महिला मानव अधिकार रक्षक संजाल, आवाज, दलित महिला संघ र मानव अधिकार एलाइन्सले बिहीबार संयुक्त प्रेस विज्ञप्तिमार्फत महिलामाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण जनाएका हुन् ।
रितिरिवाज र संस्कारको नाममा महिलामाथि सार्वजनिक रुपमा दुर्व्यवहार गरी मानव अधिकार हनन् गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस घटनाले महिलाको शारीरिक मानसिक हिंसाका साथै मनोविज्ञानमा ठूलो असर पुगेको उनीहरुको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी सांस्कृतिक, सामाजिक र धर्म र संस्कारको नाममा हुने अमानविय व्यवहारप्रति घोर भत्र्सना गर्दछौँ । यस घटनाप्रति प्रहरी प्रशासन र आम जनसमुदायको ध्यानाकर्षण गर्दछौँ ।’ दोषिलाई कडा भन्दा कडा कार्वाही र पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।