
फाइल तस्बिर
सुर्खेत । आज १८ वर्ष पुरा भएको नेपाली नागरिकले भोली हुने निर्वाचनमा भोट हाल्न पाउने भएको छ । निर्वाचन आयोगका अनुसार उक्त व्यक्तिको मतदाता नामावलीमा नाम भएको भने हुनुपर्नेछ । मतदाता नामावलीमा नाम भएको व्यक्तिले आफ्नो नागरिकता लगेर भोली भोट हाल्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
१६ वर्षको उमेरमा नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान भएकोले नागरिकता प्राप्त गर्नासाथ आफ्नो मतदाता नामावलीमा नाम उल्लेख गराई आज १८ उमेर पुगेको नेपाली नागरिकले भोली भोट हाल्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

फरकबाटो ३ मंसिर २०७९, शनिबार १४:५३