एमाले महाधिवेशनको बन्द सत्र सुरू

चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्र सुरू भएको छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिलो गरी दिउँसो साढे एक बजेदेखि सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सौराहाको बन्द सत्र हुने हलमा पुग्नुभएको छ । बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै, गएराति केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो । त्यस्तै पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो ।

बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । बन्द सत्रबाटै नयाँ नेतृत्व चयन हुनेछ ।