माओबादी केन्द्रले बोलायो केन्द्रिय समिति बैठक


सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले परिपत्र पठाएर बैठकको जानकारी गराएका हुन्

बैठक आगामी असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुनेछन् ।

अध्यक्ष प्रचण्ड र महासचिव गुरूङले सर्कुलर गरेको पत्रमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन यही असार १५ गतेभित्र बुझाउन भनिएको छ।

त्यस्तै, तीन तहका सम्पन्न निर्वाचनमा भएका घात–अन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पठाउन सर्कुलर गरिएको छ।