सुर्खेत । रवि लामिछानेले नागरिकता प्राप्त गरेसंगै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।
१३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।
रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।
फरकबाटो १५ माघ २०७९, आईतवार १३:५२