तिला नदीमा अटो खस्दा २ जनाको मृत्यु


सुर्खेत । जुम्लाको तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसो अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जुम्लाबाट नाग्मा जाँदै गरेको क १ स ११ नम्बरको अटो तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिए ।

प्रहरीका अनुसार पुरनको घटनास्थलमै मृत्यु भएको र आकाशको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको हो ।

अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको प्रहरीको भनाई छ ।