मेरुदण्ड पक्षघात समिति सुर्खेत गठन

सुर्खेत । मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको हकहित र अधिकारका लागि मदन कार्कीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । सुर्खेतमा बसोबास गर्ने मेरुदण्ड पक्षघात व्यक्तिहरुको भेलाले कार्कीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पूर्णबहादुर सिंजापति, सचिवमा धर्मराज रावल र कोषाध्यक्षमा पार्वती थापा छन् ।

यस्तै समितिको सदस्यहरुमा दिपक आले मगर, प्रकाश दर्लामी मगर, जितबहादुर नेपाली, याम बहादुर सुनार र नरेन्द्रराज राना रहेका छन् ।