
सुर्खेत । नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सभा बैठकमा सहभागीताका लागि सहमती भएको छ । सरकारसंग आफ्ना मागका विषयमा सहमती भएपछि आज दिउसो तिनबजेका लागि तय गरिएको बैठक सुचारु भएको छ ।
बैठकमा दलको तर्फबाट धारणा राख्दै नेकपा माओबादी संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले सर्वदलिय बैठक तथा गठबन्धनको बसाईमा एकखालको प्रतिवद्धता गरेको बताए ।
‘एकपटक सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन गर्छ गर्दैन हेरौं न त ।’ उनले भने “ फेरीपनि हाम्रा माग पुरा नभए पहिलेकै जसरी असहमती जनाउन बाध्य हुन्छौँ ।”
संसदमा सहभागी भएपछि बसाईमा दलहरुको व्यवस्थापन गर्नु जरुरी भएको भन्दै उनले सत्ता साझेदार ठुलो दल नचिनिने अवस्था आएको सुनाए ।
नेकपा माओबादीको भागमा परेको समितिको निर्वाचन, घाइते अपांगलाई दिने सेवा सुविधा, विभिन्न महत्वपुर्ण विधेयकका सम्बन्धमा समेत सरकारले ध्यान नदिएको कारण आँफुहरुले सदन अवरुद्ध गर्नुपर्ने अवस्था आएको बताए ।
‘हाम्रा सबै मागहरुमा सरकारले एकखालको सहमती जनाएको छ’ उनले थपे“सबै मागहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्ने कुरामा सहमती भएपनि सरकारको गतिविधि एकपटक हेर्नलाई पनि सहमतीमा आएका हौं ।”
आफ्ना मागहरु लिखित रुपमा सहमती नभएपनि फेरी पहिले गरेको निर्णय दोहो¥याउन नपर्ने गरि सरकारले काम गर्ने कुरामा आँफुलाई विश्वास भएको उनले बताए ।

फरकबाटो ९ श्रावण २०७९, सोमबार १६:१९