ओढिरहेको कम्बलमा आगो सल्किँदा राउटे युवक घाइते


सुर्खेत । दैलेखमा ओढिरहेको कम्बलमा आगो सल्किँदा एक जना राउटे युवक घाइते भएका छन् । आगोले जलेर नारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही घाइते भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

राति सुत्दा छेउमा आगो बलेर सुतेका कारण कम्बलमा आगो सल्किएको हो । परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए ।

घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगोले पोलेको छ । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।