जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन


सुर्खेत । जनता समाजवाद पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन भएका छन् ।

आज बुधवार यादवलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरिएको पार्टीले जनाएको छ । उनी पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएको थियो । तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन गरिएको हो । दलको नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवको दाबी रहेको थियो ।

यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।