एमाले संसदीय दलको नेतामा कँडेल सर्वसम्मत चयन


सुर्खेत । नेकपा एमाले संसदीय दलको नेतामा यमलाल कँडेल सर्वसम्मत चयन भएका छन् । आज बसेको नेकपा एमालेको प्रदेश समिति बैठकले कँडेललाई दलको नेतामा चयन गरेको हो ।

२०७४ सालमा समेत कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित कँडेल पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् । साथै तत्कालिन नेकपा फुटेपछि दलको नेतामा कँडेलनै चयन भएका थिए ।

यो पटक मुख्यमन्त्रीको दाबेदार समेत रहेका कँडेल सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् । नेकपा एमालेका प्रदेश अध्यक्ष दैलेखका विनोदकुमार शाहको प्रस्तावमा कँडेल संसदीय दलको नेतामा चयन भएको पार्टी जिल्ला कमिटी सदस्य टिका विष्टले जानकारी दिइन् । यद्यपी पार्टी प्रदेश अध्यक्ष बिनोदकुमार शाहको सामान्य ईच्छा भएपनि कँडेललाई सहमती गरेका हुन् ।