वीरेन्द्रनगरको मेयरमा माओवादीबाट राजेन्द्रदेव गिरी र उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गरे

सुर्खेत ।  वीरेन्द्रनगरको मेयरमा नेकपा माओवादीबाट राजेन्द्रदेव गिरी र उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले सोमबार मनोनय दर्ता गरेका हुन् ।

उनीहरु नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सत्ता गठबन्धनबिच सुर्खेतमा तालमेल नहुने भए पछि दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।