सुर्खेत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।
त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ९दीपक मनाङे०लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन ।
एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
फरकबाटो २९ बैशाख २०८०, शुक्रबार १७:०४