हिजो सभामुख चयन हुन नसकेको सुदूरपश्चिममा आज चुनाव


सुर्खेत । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि चुनाव हुन लागेको हो ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार बनेका छन् । हिजो भण्डारीले २६ र रावलले २३ मत प्राप्त गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ ।

सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सकेनन् । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे चुनाव हुने भएको हो ।