सुर्खेत । गुराँस गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिकहरुका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमा जेष्ठ नागरिक सम्मान, जाँच र तथा उपचार समेत गरिएको हो ।
गुराँस ५ गोगनपानी स्वास्थ्यचौकीमा आज ५० जना दिर्घ रोगी जेष्ठ नागरिकहरुको जाँच तथा सामान्य उपचार गरिएको गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्काले जानकारी दिईन् । गाउँपालिकाको गाउँपालिकाको जेष्ठ नागरिक जहाँ स्वास्थ्यकर्मी त्यहाँ कार्यक्रम अन्तर्रगत उक्त कार्यक्रम गरिएको हो ।
दिर्घ रोगी जेष्ठ नागरिकहरु सामान्य चेकजाँचका लागि टाढासम्म जान नसक्ने अवस्थामा पालिकाले वडामै गएर सेवा दिएको खड्काले बताईन् । गाउँपालिकाका सबै वडाहरुका जेष्ठ नागरिकहरुलाई यसरी नै वडा मै गई स्वास्थ्य सेवा दिने लक्ष्य रहेको उनले बताईन् ।
फरकबाटो २२ फाल्गुन २०७९, सोमबार १८:५७