कार्यस्थललाई समावेशी र सुरक्षित बनाउन आग्रह गर्दै नेपाल पत्रकार महासंघको १५ बुँदे घोषणापत्र जारी


सुर्खेत । कार्यस्थललाई समावेशी र सुरक्षित बनाउन आग्रह गर्दै नेपाल पत्रकार महासंघले १५ बुँदे घोषणापत्र जारी गरेको छ । हिजो र आज सम्म चलेको महासंघको साधारणबाट उक्त घोषणापत्र जारी गरिएको हो ।

सञ्चार प्रतिष्ठानहरुका संरचनालाई लैगिंक, समावेशी र अपाङ्तामैत्री साथै कार्यस्थललाई सुरक्षित बनाउन सबै प्रतिष्ठानहरुलाई महासंघले आग्रह गरेको हो । साथै पत्रकार परिचयपत्र सहज रुपमा प्राप्त गर्नुपर्ने, सञ्चारमाध्यम दर्ता सहज हुनुपर्ने लगाएत कुराहरुलाई घोषणापत्रमा समेटिएको छ ।