झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

सुर्खेत । दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेका प्रहरीले जानकारी दिएको छ ।

दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको हो ।