हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर दिन खोज्ने श्रीमती पक्राउ


सुर्खेत । दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न गएकी शान्तिले लगेको फलफूलभित्र ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बरामद गरिएको ब्राउन सुगर एक सय २० मिलिग्राम रहेको प्रहरीले बताएको छ ।