इलाम १ बाट झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

सुर्खेत । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गरेका हुन् ।

महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याएका थिए भने झलनाथ खनालले २३ हजार ४५ मत प्राप्त गरेका हुन् । यो क्षेत्रमा मतदानमा धाँँधली भएको भन्दै झलनाथ खनालले भने पुनस् मतदानको माग गरेका थिए ।