लैगिंक हिंसा विरुद्धको १६ अभियानका सन्दर्भमा बसपार्कमा चेतनामुलक कार्यक्रम


सुर्खेत । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा वीरेन्द्रनगर सिटी बसपार्कमा चेतनामुलक कार्यक्रम गरिएको छ । आज बिहान सामाजिक विकास मन्त्रालयको आयोजना तथा बालविवाह विरुद्ध साझा अभियान सुर्खेतको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सुर्खेतमा क्रियाशिल विभिन्न संघसंस्थाहरु आवाज, सुन्दर नेपाल संस्था, मानवअधिकारका लागि महिला एकल महिला समुह, नवज्योती केन्द्र , सञ्चारिका समुह कर्णाली प्रदेश, हुरेक नेपाल, ओरेक लगाएतका संस्थाहरुले समन्वय र सहकार्य गरेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश महिला, बालबालिका तथा जेष्ठनागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले हिंसा आँफुले पनि नगर्ने, नसहने र कसैलाई हिंसा भएको देखेमा उजुरी गर्नुपर्ने बताईन् । नवज्योती केन्द्रका निर्देशक सिस्टर रोसिटाले हिंसा न्युनिकरणका लागि सबै मिलेर लाग्नुपर्ने बताईन् । कार्यक्रममा सार्वजनिक यातायातका साधनहरुमा हुने हिंसा र आरक्षणका विषयमा जानकारी गराइएको थियो ।