
सुर्खेत । मौद्रिक नीतिको कार्यदिशाबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दैछ । आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाईएको छ ।
संघीय संसद सचिवालयमा बुधबार बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल गर्ने तयारी गरिएको छ ।
बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसँग विषयगत छलफल हुने बताइएको छ ।

फरकबाटो २७ असार २०८०, बुधबार ११:४३