सल्यानमा एक पुरुषले सेनिटाइजर सेवन गरेपछि……


सुर्खेत । सल्यानमा एक ५२ वर्षीय पुरुषले सेनिटाइजर सेवन गरेका छन् । बागचौर नगरपालिका वडा नं ९ डाँगीगाउँका इमान डाँगीले मादकपदार्थ सेवन गरी आफ्नै घरमा रहेको २ सय ५० मि.लीको बोतलमा राखेको सेनिटाइजर सेवन गरेका हुन् ।

सेनिटाइजर सेवनपछि बेहोस भएका उनलाई बागचौरको एक क्लिनिकमा उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।