बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास

सुर्खेत । सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् । दशैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ । यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।

साभार : अनलाइन खबर