बाजुरामा  प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाइको गोली लागेर एकजनाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानिय युवाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला बहादुर रावलका अनुसार अहिलेपनि झडप भएकोले प्रहरी भिडमा जानसक्ने अवस्था नभएकोले मृतकको पहिचान हुन सकेको छैन ।

मतपेटिका खोस्न आएपछि झडप भएको रावलको भनाई छ । यस्तै गोली लागेर स्थानीय परशुराम उपाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको वरिष्ठ प्रहरी उपरीक्षक रावलले बताए । अहिले पनि उक्त स्थानमा ढुंगामुढा चलिरहेको र मृतकका शव समेत घटनास्थलमै रहेको उनले बताए ।