धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार


सुर्खेत । धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

‘प्रहरी ड्युटीमै भएका र भित्रको हिरासत केही नदेखिने भएकोले पछाडीबाट तोडेर उनीहरु भागेको प्रहरीले जनाएको छ ।

उनीहरुको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका हुन् ।