१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवकविरुद्ध उजुरी

सुर्खेत । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवकविरुद्ध उजुरी परेको छ । सिरहाको कल्याणपुर नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय विश्वबन्धु यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ।

आईतबार पीडितका परिवारले इलाका प्रहरी कार्यालय ९मिर्चैया०मा बलतकारको उजुरी दिएको प्रहरीले जनाएको छ । यही असार ६ गते यादवले किशोरीलाई ललाइफकाइ यौन सम्पर्क गरेको किसोरीको परिवारको आरोप छ । १८ वर्षमुनिका किशोरीसँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिने कानुनीमा उल्लेख छ ।

प्रादेशिक अस्पताल सिरहामा किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले बताएका छन् ।

युवक फरार भएको र उनको खोजी भैरहेको प्रहरीको भनाई छ ।