रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता युवकको शव भेटियो

रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता भएका एक युवकको शव भेटिएको छ ।

मुसीकोट नगरपालिका–१०, गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार भेटिएको हो । उनी गत कात्तिक ९ गते घरबाट हराएका थिए । प्रहरीले  उनको शब सोमबार बिहान १० बजे भेट्टाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको ग्वाला भीरमा सडेको अवस्थामा उनको शव भेटिएको हो ।