आगलागी पीडितका लागि तत्तकाल राहत प्याकेज घोषणा गछौँ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागी पीडितका लागि प्रदेश सरकारले तत्तकाल राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।

गएराति मुगुको गमगढी बजारमा भएको आगलागीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहीले स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्तकालै राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।

उनले तत्तकालका लागि अल्पकालिन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरेको छ । मंगलबार विज्ञप्तिमार्फत प्रदेश सरकार आगलागी पीडित स्थानीयको पुर्नस्थापनामा गम्भिर रहेको बताए ।   गए राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको छ ।