एकै परिवारका ३ जनालाई जटिल रोग, उपचारमा सहयोग गर्न अपिल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका एकै परिवारका तीन जना जटिल रोगले थला परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका ५ बिहानी टोलका हस्तबहादुर दर्लामीलाई प्यारालाइसिस भएको छ । ६८ वर्षिय दर्लामीको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै हस्तबहादुरका छोरा ४२ वर्षीय पदमबहादुर दर्लामीको दुबै मृर्गौला फेल भएको छ भने नाती १८ वर्षीय पुस्करलाई रक्त क्यान्सर भएको छ । एकै परिवारका तीन जना जटिल रोगले थला परे पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

 पदमबहादुले उपचार खर्च अभावले उपचार गर्न समेत समस्या भएको बताए । पुस्करको विगत एक वर्षयता काठमाडौंमा उपचार हुँदै छ ।

‘आफ्नै रोगको डाइलासेस गर्ने पैसा छैन । बुवालाई प्यारालाइसिसको उपचार कसरी गर्नु ?’ पदमबहादुरले भने, ‘त्यसैमा छोराको क्यान्सर उपचारका लागि तत्काल ४० लाख खर्च लाग्ने अस्पतालले भनेको छ ।’

उपचारका लागि आर्थिक अभाव भए पछि आफन्तले आर्थिक सहयोगको अपिल गरेका छन् । दर्लामीको परिवारलाई सहयोग गर्नका लागि पदमबहादुर दर्लामीको सम्पर्क नम्बर ९८४९५२८६८७, कुमारी बैंक लिमिटेड सुर्खेत शाखामा रहेको खाता नम्बर ०२६००४८१८०७००००१ र आफन्त विरबहादुर थापामगरको सम्पर्क नम्बर ९८४८०२४७५३ मा सम्पर्क  गर्न सकिने छ ।