सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मगलबार सुर्खेत र दैलेखमा दुई चुनावी सभामा सम्बोधन गर्ने भएका छन्।

सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिए।
यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

फरकबाटो २९ कार्तिक २०७९, मंगलवार ०९:२६