
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ गते नै सरकारले स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो । तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।

फरकबाटो १९ माघ २०७८, बुधबार २०:२६