एमालेको १०औ महाधिवेशनका लागि १२ समिति गठन

काठमाडौं । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो ।

केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

चितवनमा १०–१२ मंसिरमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको थियो ।