स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

सुर्खेत । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।