
सुर्खेत । भेरी नदिमा पौडीखेल्ने क्रममा दुईजना युवा बेपत्ता भएका छन् । दैलेख भगवतीमाई गाउँपालिका वडा न ४ घरभई विरेन्द्रनगर नगरपालिका ३ तातापानी बस्ने १९ वर्षीय छवी बुढा र वीरेन्द्रनगर ३ तातापानी कै १९ वर्षीय दिपक थापा बेपत्ता भएका हुन् ।
बनभोज खान गएका उनीहरु आज दिउँसो करिब २ बजेतिर पौडीखेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता एंव डिएस्पी सुरज कार्कीका अनुसार बेपत्ताहरुको खोजी भइरहेको भएपनि उनीहरु भेटिएका छैनन् । आज राती भइसकेकोले पुन भोली खोजी गरिने कार्कीले बताएका छन् ।

फरकबाटो १२ कार्तिक २०७९, शनिबार १९:०६