आठबीसकोटमा सडक निर्माणका लागि हेलिकप्टरमा डोजर ल्याइयो

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर–१ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ल्याइएको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीका अनुसार वडा नम्बर–१ चैतिखारामा सडक निर्माणका लागि हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको हो । दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ल्याइएको उहाँको भनाई छ ।

वडा नम्बर–१ मा रहेको साजेबगर–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए ।

आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।